काठमाडौँ : नेप्सेमा सूचीकृत विभिन्न ५ कम्पनीहरूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। आज सम्म कायम सेयर धनीहरूले मात्र आइसिएफसि फाइनान्स, सिकिलेस हाइड्रोपावर,आत्मनिर्भर लघुवित्त,सपोर्ट लघुवित्त तथा साना किसान विकास लघुवित्तका लाभांश पाउने छन्। पुस १३ शुक्रवार, १३ शनिवार र आइतबार १३ गते सरकारी बिदा परेको हुँदा आज सम्म कारोबार हुनेले मात्र कम्पनीले घोषणा गरेको लाभासं पाउने छन्।
साधारण सभा तथा लाभांश वितरणका लागि आइसिएफसि फाइनान्स र सिक्लेस हाइड्रोपावरले पुस १३ गते तथा आत्मनिर्भर लघुवित्त, सपोर्ट लघुवित्त र साना किसान विकास लघुवित्तले पुस १६ गते बुकक्लोज गर्दै छन्।
साना किसान लघुवित्त :
साना किसान लघुवित्तले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १४.२५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७५ प्रतिशत नगद लाभांश रहेको छ। उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते, आइतबार कृषि विकास बैङ्कको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा २२ औँ वार्षिक साधारण सभा बोलाएको छ।
त्यसै गरी, साथै सभाले प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न तथा अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्ज अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयर धनीहरूको तर्फबाट ४ जना र सर्वसाधारण सेयर धनीहरूको तर्फबाट २ जना सञ्चालकहरूको निर्वाचन गर्ने, लेखा परीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ।
आइसिएफसि फाइनान्स :
आइसिएफसि फाइनान्सले हाल कायम चुक्ता पुँजीको ६.५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) घोषणा गरेको हो। उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते आइतबार बिहान १० बजे आम्र पाली ब्यांक्वेट, भाटभटेनी, काठमाडौँमा २० औँ वार्षिक साधारण सभा बोलाएको छ।
त्यसै गरी, साथै सभाले प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना महिलासहित ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखा परीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ।
सपोर्ट लघुवित्त :
सपोर्ट लघुवित्त ले हाल कायम चुक्ता पुँजीको १३.६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १३ प्रतिशत बोनस शेयर रहेको छ भने ०.६८४ प्रतिशत नगद लाभांश रहेको छ। उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २७ गते, शुक्रवार, बिहान साढे ९ बजे दुर्गा पार्टी प्यालेस, इटहरी, सुनसरीमा नवौँ औँ वार्षिक साधारण सभा बोलाएको छ।
त्यसै गरी, सभाले अन्य लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धी कार्य गर्न र प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, चुक्ता पुँजी वृद्धि गर्ने, संस्थापक सेयर धनीको तर्फबाट ४ जना र सर्वसाधारण सेयर धनीहरूको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने लेखा परीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि सो सभाले पारित गर्नेछ।
सिक्लेस हाइड्रोपावर :
सिक्लेस हाइड्रोपावरले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशतका दरले नगद लाभांश (कर सहित) घोषणा गरेको हो। उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २७ गते शुक्रवार बिहान ११ बजे आभ्या क्लब, धारी पाटन, पोखरा, कास्कीमा १९ औँ वार्षिक साधारण सभा बोलाएको छ।
आत्मनिर्भर लघुवित्त :
आत्मनिर्भर लघुवित्तले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १० प्रतिशत बोनस शेयर रहेको छ भने ५ प्रतिशत नगद लाभांश रहेको छ। उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते, शनिवार बिहान ११ होटेल माला ईन, घोराही, दाङमा पाँचौँ वार्षिक साधारण सभा बोलाएको छ।
त्यसै गरी, सभाले प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण समूहबाट २ जना सञ्चालक नियुक्त गर्ने, लेखा परीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ।



