काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि (बुधबार) दिउँसो १ बजेर २५ मिनेटमा भारत प्रस्थान गर्ने भएका छन्। चारदिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड भोलि दिउँसो भारत जाने भएका हुन्।
प्रधानमन्त्री प्रचण्ड सहितको प्रतिनिधिमण्डल बुधबार नेपाल एयरलाइन्सको विमानमार्फत भारत जाने तय भएको छ। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण सोमबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ।
परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार प्रधानमन्त्री प्रचण्ड जेठ १७ देखि २० गतेसम्म भारत भ्रमणमा रहनेछन्।



