काठमाडौँ : माछापुच्छ्रे बैङ्क लिमिटेड भिसा पेमेन्ट एक्सिलेन्स इन क्रेडिट अवार्ड र एक्सिलेन्स इन पोस अक्वायरिङ सर्भिस २०२३ बाट सम्मानित भएको छ। भिसा इन्टरनेसनल द्वारा काठमाडौँमा आयोजित एक लिडरसिप कन्क्लेभ कार्यक्रममा बैङ्कलाई उक्त दुई अर्वाडहरू प्रदान गरिएको छ। माछापुच्छ्रे बैङ्क लिमिटेडलाई भिसा सदस्यमध्ये एसोसिएसन सदस्यतर्फ क्रेडिट कार्ड र पिओएस मेसिन प्रवर्द्धनमा उत्कृष्ट भएकाले उक्त अवार्ड प्रदान गरेको थियो।
हाल स्मार्ट बैंकको नारासहित डिजिटल बैङ्किङ क्षेत्रमा नयाँ आयामहरू थप गर्दै आफ्ना ग्राहकहरूलाई सहज र सुरक्षित डिजिटल भुक्तानीका माध्यमहरू प्रदान गर्दै आइरहेको छ। बैङ्कले नगदरहित बुकिङलाई बढुवा दिँदै पहिलो स्मार्ट बैंकको रूपमा आफूलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडि बढिरहेको छ।
हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैङ्किङ सेवा पुर्याउने उद्देश्यका साथ बैङ्कले देशका सात वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैङ्किङ सेवा, २०३ एटिएममार्फत १५ लाखभन्दा बढी ग्राहक महानुभावहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।



