२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

विद्युत् प्राधिकरणले काट्यो थप १४ उद्योगको लाइन

images

  • २०८० पुस १४, शनिबार
  • 1.2K
    SHARES
  • विद्युत् प्राधिकरणले काट्यो थप १४ उद्योगको लाइन

    काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियमसहितको महसुल नतिरेका थप १४ वटा उद्योगहरूको विद्युत् आपूर्ति रोकेको छ। प्राधिकरणले ५ करोड रुपैयाँभन्दा धेरै विद्युत् बक्यौता भएका उद्योगको लाइन काटेको हो।


    शुक्रवार देखी प्राधिकरणले बक्यौता रहेका यस्ता उद्योगको लाइन काट्न सुरु गरेको थियो। पहिलो चरणमा १ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका ४ वटा उद्योग र त्यसपछि ५ गरी ९ वटा उद्योगको लाइन काटिएको थियो। हिजो काटिएका १४ उद्योगसहित डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् आपूर्ति लिएका २३ वटाको लाइन काटिएको छ।

    शुक्रवार बाबा जुट मिल (५ करोड ६१ लाख रुपैयाँ), निगाले सिमेन्ट (१४ करोड २१ लाख रुपैयाँ), त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्री(१५ करोड ६६ लाख रुपैयाँ),हिमाल आइरन एन्ड स्टिल (८ करोड १३ लाख रुपैयाँ), जगदम्बा इन्टरप्राइजेज(४७ करोड ९८ लाख रुपैयाँ), हाम आइरन (११ करोड ५५ लाख रुपैयाँ),एभरेस्ट पेपर मिल (२१ करोड ३६ लाख रुपैयाँ)को लाइन काटिएको छ।

    यसै गरी, कसमस सिमेन्ट (३५ करोड ८२ लाख रुपैयाँ), शुभ श्री अग्नि सिमेन्ट (३८ करोड १० लाख रुपैयाँ), जगदम्बा सिन्थेटिक (४७ करोड ५३ लाख रुपैयाँ), घराना फुस्स (५ करोड ९ लाख रुपैयाँ), सिद्धार्थ प्लास्टर (५ करोड २४ लाख रुपैयाँ), बुटवल सिमेन्ट (३२ करोड ९८ लाख रुपैयाँ), नारायणी स्पा (७८ करोड ४९ लाख रुपैयाँ)को लाइन काटिएको छ।

    प्राधिकरणले अघिल्लो शुक्रवार ४ र गत आइतबार ५ उद्योगको लाइन काटेको थियो। शुक्रवार जगदम्बा स्टिल, घोराही सिमेन्ट, रिलायन्स स्पिनसङ मिल् र अर्घाखाँची सिमेन्टको लाइन काटेको प्राधिकरणले आइतबार सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, अशोक स्टिल, सोनापुर मिनरल्स एन्ड आयल प्रा लि र त्रिवेणी स्पिनसङ मिल्सको लाइन काटेको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ