२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आठौं घरजग्गा मेला : २ अर्ब ५० करोड बढीको कारोबार, ४० हजार बढीले गरे अवलोकन

images

  • २०८० पुस १५, आइतबार
  • 1.0K
    SHARES
  • आठौं घरजग्गा मेला : २ अर्ब ५० करोड बढीको कारोबार, ४० हजार बढीले गरे अवलोकन

    काठमाडौँ : आठौँ घरजग्गा मेलामा २ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने ४० हजारभन्दा बढी अवलोकनकर्ताहरूले मेला अवलोकन गरेका छन्।

    पुस १२ गतेदेखि सञ्चालन भएको ४ दिने मेलामा २ अर्ब ५० करोड भन्दा बढीको कारोबार भएको नेपाल जग्गा तथा आवास विकास सङ्घका अध्यक्ष विदुर धमलाले बताउनु भयो। ४० हजारभन्दा बढी अवलोकनकर्ताहरूले मेला अवलोकन गरेको बताउँदै मेला सोचेको भन्दा पनि राम्रो भएको बताउनु भयो। उहाँले मेलामा क्रेताहरू र विक्रेताहरू एकै ठाउँमा भेला भई सबै जानकारी लिएर आफूले लगानी गर्न पाउनु राम्रो भएको बताउनु भयो।

    अर्को पटकको एक्स्पोमा झनै विशेष सुविधा र छुटसहित गर्ने प्रतिबद्धता जनाउँदै उनले लिखित र मौखिक रूपमा सरकारले केही गरोस् भनेर सुझाव दिए पनि काम नबनेपछि व्यवसायीहरू सबै मिलेर मेला गर्दा सफल भएको जिकिर गर्नु भयो । त्यस्तै, उहाँले २०७६ सालमा भएको मेलामा भन्दा १.५ प्रतिशत बढी व्यापार गरेको जानकारी दिनु भयो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ