२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

कोहलपुरमा सामुदायिक जिन बैङ्क स्थापना

images

  • २०८० पुस १५, आइतबार
  • 1.2K
    SHARES
  • कोहलपुरमा सामुदायिक जिन बैङ्क स्थापना

    नेपालगन्ज :  बाँकेको कोहलपुर नगरपालिकामा ‘सामुदायिक जिन बैङ्क’  स्थापना गरिएको छ। गोर्खा युनाइटेड पब्लिक स्कुलमा कोहलपुरमा स्थापित सो बैङ्कको कोहलपुर नगर प्रमुख पूर्णप्रसाद आचार्य र कृषि अनुसन्धान परिषद् (नर्क)का वैज्ञानिक डा मुकुन्द भट्टराईले संयुक्त रूपमा शुभारम्भ गर्नुभयो। 

    विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई किटको विषयमा जानकारी दिने उद्देश्यले स्थापना भएको सो जिन बैङ्कमा ३५ खोपे तथा रैथाने घार, मुढे घार निर्माण गरिएको छ। घार विभिन्न प्रजातिका मौरी र भमराको वासस्थान हुनेछ। सो अवसरमा नगर प्रमुख आचार्यले संस्कृति, सम्पदा र प्रकृतिमाथि मानवीय आक्रमण बढेको उल्लेख गर्दै यसको संरक्षणका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “यस्ता कामका लागि साझा प्रयास आवश्यक हुन्छ।”

    नर्कका वैज्ञानिक डा  भट्टराईले बीउ, किट, डिएनएलगायत पाँच किसिमका जिन बैङ्कको स्थापनामा जोड दिँदै जिन बैङ्कको अवधारणाको विकास रैथाने किट र बालीको संरक्षणका लागि भएको बताउनुभयो। उहाँले रैथाने बालीको संरक्षण र बजारीकरणका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने उल्लेख गर्दै जिन बैङ्कको विषयलाई विद्यालयको पाठ्यक्रममा राख्न सुझाव दिनुभयो। 

    सामुदायिक जिन बैङ्क नेपाल, सञ्जालका संयोजक पर मूल बस्नेतले जिन बैङ्क संरक्षण नहुँदा मानवीय जीवन सङ्कटमा पर्ने उल्लेख गर्दै किट, पशु र अन्नबालीको संरक्षण नहुँदा दिगो विकास हुन नसक्ने बताउनुभयो। “पहिले रैथाने घर थिए, धोद्रा रुख हुन्थे, परालका टौवा हुन्थे र भमराको त्यहाँ वासस्थान हुन्थ्यो तर अहिले सबै वासस्थान नासिएका छन्। त्यसैले पनि यसको संरक्षण जरुरी छ ”उहाँले भन्नुभयो। यसबाहेक बैजानाथ गाउँपालिकाको गाभर भ्यालीमा पनि यस अघि सामुदायिक जिन बैङ्क स्थापना भएको छ। 

    संयोजक बस्नेतले सो जिन बैङ्कलाई बर्दिया, कैलाली, सुर्खेतलगायत जिल्लामा विस्तार गर्ने लक्ष्य भएको बताउनुभयो। विसं २०७८ मा पहिलो पटक  सरकारले बाँकेमा ‘पुर मल घरायसी किट जिङ्क बैङ्क’ भनेर नाम करण गरेर त्यसलाई घरमा नै स्थापना गरेर काम सुरु गरेको बताइएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ