काठमाडौं: प्रधानमन्त्री पुष्पकल दाहालको भारत भ्रमणको बिषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले भैंसी चढेर आएको भन्ने शब्द प्रयोग गरेपछि केही बेर सोमबार प्रतिनिधि सभा बैठकमा हंगामा भएको छ ।
प्रधानमन्त्री दाहाललाई प्रश्न सोध्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खनालले भारत भ्रमणमा गएका प्रधानमन्त्री भैंसी चढेर आएको भनेपछि सत्तापक्षका सांसदले आपत्ति जनाएका थिए भने केही बेर होहल्ला पनि भएको थियो ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले उक्त शब्द असंसदीय भएको भन्दै रेकर्डबाट हटाउन माग गर्नुभयो । त्यसपछि एमाले र रास्वपाका सांसदले अर्को सांसद बोलिरहेको अवस्थामा नियमापत्ति गर्न नपाइने भन्दै आपत्ति जनाए ।



