काठमाडौँ : साताको दोस्रो कारोबार दिन आज सोमवार सामान्य अङ्क घटेर बन्द भएको छ। साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ८.७५ अङ्क घटेर २०६०.१५ विन्दुमा पुगेको छ।। त्यसै गरी, आज सेन्सेटिभ इन्डेक्स ०.३७ अङ्क तथा फ्लोट इन्डेक्स ०.७१ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१२ अङ्क घटेको छ।
१३ उपसमूहमध्ये आज ५ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। त्यस्तै, आज लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढे तथा होटेल तथा पर्यटन, जलविद्युत र जीवन बिमा उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढी घटेको छ।
आज ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ जसमा सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, चिरख्वा हाइड्रोपावर, नेपाल वेयर हाउजिङ्ग कम्पनी, हाथवे इन्भेस्टमेन्ट र मुक्तिनाथ कृषि कम्पनी रहेको छ भने मोलुङ हाइड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक ८.०९ प्रतिशत घटेको छ।
नेप्से घटे पनि आज कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब २९ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३०६ स्टकको १ लाख २ हजार ९०५ पटकको कारोबारमा ४ अर्ब ४८ करोड ३९ लाख रुपैयाँ बराबरको १ करोड १८ लाख ९२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज कारोबार रकममा शिवम् सिमेन्ट शीर्ष स्थान २० करोडभन्दा बढीको शेयर कारोबार भएको छ तथा सोनापुर मिनरल्स एन्ड आलयको पनि २० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने हाथवे इन्भेस्टमेन्टको कारोबार रकम १७ करोड नाघेको छ।