२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पाँच विमानस्थलमा एक्स–रे मेसिन जडान गरिँदै

images

  • २०८० पुस १६, सोमबार
  • 701
    SHARES
  • पाँच विमानस्थलमा एक्स–रे मेसिन जडान गरिँदै

    काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपालका पाँच वटा आन्तरिक विमानस्थलमा झोला जाँच (ब्यागेज चेक) गर्ने एक्स–रे मेसिन जडान गर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता तथा उपमहा निर्देशक जगन्नाथ निरौलाले लुक्ला, रामेछाप, राजविराज, सुर्खेतसहितका विमानस्थलमा यी मेसिन जडान गर्न लागिएको र यसै आर्थिक वर्षभित्र जोडिसकिने जानकारी दिनुभयो। 

    मेसिन जडान गर्न आवश्यक ‘टेन्डर’ प्रक्रिया सुरु भइसकेको र सामान आउने क्रममा रहेको पनि उहाँले जानकारी दिनुभयो। उक्त उपकरण जडानपछि हवाई सुरक्षा अभिवृद्धि हुने र यात्रु तथा वायु यान कम्पनीलाई समेत सहयोग पुग्ने प्राधिकरणले जनाएको छ।

    देशका विभिन्न दुर्गमा क्षेत्रमा रहेका विमानस्थलहरूमा ब्यागेज चेक गर्ने एक्स–रे मेसिन जडान भएका छैनन्। ती विमानस्थलमा ब्यागेज चेक गर्ने एक्स–रे मेसिन नभएका कारण त्यहाँ कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीहरूले यात्रुका सरसामान तथा झोलाहरू हातले छामेर चेकजाँच गर्दै आएका थिए। विमानस्थलमा ब्यागेज चेक गर्ने एक्स–रे मेसिन जडान भएपछि कर्मचारीलाई चेकजाँच गर्न सहज हुने र यात्रुहरूलाई पनि यसले सजिलो हुने बताइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ