२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

पाँच महिनामा १६ हजारभन्दा बढी व्यक्ति तथा कम्पनी कालोसूचीमा,चेक बाउन्सका घटना बढ्दो

images

  • २०८० पुस १६, सोमबार
  • 1.8K
    SHARES
  • पाँच महिनामा १६ हजारभन्दा बढी व्यक्ति तथा कम्पनी कालोसूचीमा,चेक बाउन्सका घटना बढ्दो

    काठमाडौँ : चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा १६ हजार बढी व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन्। नेपाल उद्योग परिसंघ (सीएनआई) ले पहिलो त्रैमासिकमा उद्योगहरूको अवस्थाबारे गरेको अध्ययन रिपोर्ट अनुसार ५  महिनामा १६ हजार ४ सय ६० वटा व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन्।

    परिसंघका अध्यक्ष राजेश अग्रवालले चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा कालोसूचीमा पर्नेको सङ्ख्या उच्च रहेको बताउनु भयो। यद्यपि बैङ्कको ऋण नतिरेको कारणले भन्दा काटिएका चेकमा पर्याप्त रकम नहुँदा कालोसूचीमा पर्ने कम्पनी धेरै छन्। चालु आर्थिक वर्षमा कम्पनीहरू कालोसूचीमा परेको अवस्थाले पनि अर्थतन्त्रको चित्र देखाउने उहाँले बताउनु भयो।

    आर्थिक वर्ष २०७८/७९ मा १२ हजार ८ सय ८९ वटा र आव २०७९/८० मा २६ हजार ८ सय ६० व्यक्ति तथा कम्पनी कालोसूचीमा परेको उहाँले जानकारी दिनु भयो। यो वर्षको ५ महिनाको अवधिमै १६ हजार ४ सय ६० व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन्।

    ‘साँच्चै कालोसूचीमा कति छन् भन्ने हुन्छ। कतिपय कम्पनीहरू कालोसूचीमा हुन्छन् भने कतिपय कालोसूचीबाट बाहिरी सकेको हुन्छ,’ उहाँले भन् भयो, ‘हालसम्ममा ६९ हजार ७ सय ७५ व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन्।’

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ