काठमाडौं :काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको बेल्जियम भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत भएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगर प्रमुख शाहको बेल्जियमको भ्रमण स्वीकृति दिने निर्णय गरेको हो।
जेठ २९ देखि ३२ गतेसम्म महानगरपालिकाहरूको विश्व शिखर सम्मेलनमा सहभागी हुन मेयर शाह ब्रसेल्स जान लाग्नु भएको छ ।
बैठकले माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडलाई आयोजनाको टावर र राइट अफ वे को लागि रसुवा र नुवाकोटमा रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिन तथा सो वन क्षेत्रमा रहेका रुखहरु हटाउन स्वीकृति दिने निर्णय गरेको छ ।



