काठमाडौँ : आज नेप्सेमा तीन वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ। नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सोमबार एकै दिन २ विकास बैङ्क र १ लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो जसमा छिमेक लघुवित्त वित्तीय संस्था, लुम्बिनी विकास बैङ्क र गरिमा विकास बैङ्कको बोनस सेयरको लागि मूल्य समायोजन भएको हो।
गरिमा विकास बैङ्कको पनि ९.५० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको छ। यससँगै संस्थाको समायोजित मूल्य प्रतिकित्ता ३७४.४३ रुपैयाँ कायम भएको छ। त्यसै गरी, लुम्बिनी विकास बैङ्कको ४ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको छ। यससँगै संस्थाको समायोजित मूल्य प्रतिकित्ता ३८६.५४ रुपैयाँ कायम भएको छ।
त्यस्तै, छिमेक लघुवित्त वित्तीय संस्थाको ५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको छ। यससँगै संस्थाको समायोजित मूल्य प्रतिकित्ता ८६५.७१ रुपैयाँ कायम भएको छ।



