काठमाडौँ : नेप्सेमा सूचीकृत विभिन्न ४ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीको भोलि अर्थात् पुस १८ गते बुकक्लोज तय गरेका छन्। साधारण सभा तथा लाभांश वितरणका लागि कालिका पावर र युनिभर्सल पावर, एचआईडिसिएल र जीवन विकास लघुवित्त रहेका छन्।
जीवन विकास लघुवित्त :
जीवन विकास लघुवित्तले पुस २९ गते, आइतबार, आफ्नो केन्द्रीय कार्यालय, कटहरी, मोरङमा पाँचौँ वार्षिक साधारण सभा बोलाएको छ। लघुवित्तले १४ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७३६९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्न गर्नेछ।
एचआईडिसिएल :
एचआईडिसिएलले पुस २९ गते, आइतबार १२ औँ वार्षिक साधारण सभा बोलाएको छ। यस कम्पनीले हाल कायम चुक्ता पुँजीको ५.२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।
कालिका पावर :
कालिका पावरले पुस २८, शनिवार, दियालो फुडल्याण्ड चितवन भरतपुरमा बिहान ११ बजे साधारण सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
युनिभर्सल पावर :
युनिभर्सल पावरले पुस २९, आइतबार, आफ्नो कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा दिउँसो १२:१५ बजे वेबिनार मार्फत साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पुँजीको ८.५५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।



