काठमाडौँ : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पहिलो पटक लाभांश घोषणा गरेको छ। कम्पनीको पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट कुल ५.२६३२ लाभांश प्रस्ताव गरेको हो।
जस अनुसार कम्पनीले हालको चुक्ता पुँजीको ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७५ करोड रुपैयाँ रहेको छ। बोनस शेयरपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ हुनेछ। कम्पनीले गत भदौ १५ गतेदेखि सर्वसाधारणका लागि आइपिओ विक्री गरेको थियो।



