२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
सेयर बजार

दोहोरो अङ्कले घट्यो नेप्से, चार अर्बको कारोबार?

images

  • २०८० पुस १७, मंगलबार
  • 1.1K
    SHARES
  • दोहोरो अङ्कले घट्यो नेप्से, चार अर्बको कारोबार?

    ६ कारोबार दिन करिब ११२ अंक घट्यो नेप्से

    काठमाडौँ : साताको तेस्रो कारोबार दिन आज मंगलवार दोहोरो अङ्कले घटेर बन्द भएको छ।  नेप्से परिसूचक ३०.०५ अङ्क घटेर २०३०.१० विन्दुमा पुगेको छ।। त्यसै गरी, आज सेन्सेटिभ इन्डेक्स १.१८ अङ्क तथा फ्लोट इन्डेक्स १.५४ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स १.२५ अङ्क घटेको छ।

    अघिल्लो साताको अन्तिम कारोबार दिन (बिहीबार) देखि घट्न थालेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो। पछिल्लो ६ कारोबार दिनमा नेप्से परिसूचक १११.७६ अङ्क घटेको छ। नेप्से घटे पनि आज कारोबार रकम भने सामान्य बढेको छ। १३ उपसमूहमध्ये आज सबै उपसमूहको परिसूचक घटेको छ।

    जसमध्ये होटेल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.२१ प्रतिशत घटेको छ। त्यसै गरी, आज जीवन बिमा र निर्जीवन बिमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैङ्क, वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फन्ड र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ जसमा  चिरख्वा हाइड्रोपावर, नेपाल वेयर हाउजिङ्ग कम्पनी, लक्ष्मी लघुवित्त र मुक्तिनाथ कृषि कम्पनी रहेको छ भने हिमालयन हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ।

    हिजो करिब साढे ४ अर्बको शेयर कारोबार भएको बजारमा आज ३०५ स्टकको ८५ हजार ४३५ पटकको कारोबारमा ४ अर्ब ४ करोड ४६ लाख ५९ हजार रुपैयाँ बराबरको १ करोड ११ लाख ८५ हजार कित्ता शेयर कारोबार भएको छ। 

    कारोबार आधारमा आज पनि शिवम् सिमेन्ट शीर्ष स्थानमा १६ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आज हाथवे इन्भेस्टमेन्ट कम्पनीको १५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सिटिजन लाइफ इन्स्योरेन्सका करिब १५ करोडको शेयर कारोबार भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ