२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

रास्वपा सभापति लामिछानेद्वारा मिडियाविरुद्ध गाली बेइज्जती मुद्दा दायर

images

  • २०८० पुस १७, मंगलबार
  • 1.2K
    SHARES
  • रास्वपा सभापति लामिछानेद्वारा मिडियाविरुद्ध गाली बेइज्जती मुद्दा दायर

    काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसङ विरुद्ध काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर गर्नुभएको छ।
     
    कान्तिपुरका प्रकाशक कैलाश सोरिहिया, प्रबन्ध निर्देशक सम्भव सोरिहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहान लगायतलाई प्रतिवादी बनाइएको फिराद पत्रमा आफ्नो चरित्र हत्या गर्ने समाचार लेखेको उल्लेख छ। उक्त विवादको आगामी माघ १७ गते सुनुवाइ ताकिएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसादले पन्थीले जानकारी दिनुभयो।
     
    अध्यक्ष लामिछानेले फिराद पत्रमा आफ्नो इज्जत, प्रतिष्ठा, राजनीतिक जीवनमा समेत गम्भीर असर पुर्‍याउने मनसायले जानी बुझी चरित्र हत्या गर्ने गरी समाचार प्रकाशित गरेको उल्लेख गर्नुभएको छ। उत्त समाचारबाट आफू र आफ्नो परिवारको इज्जत प्रतिष्ठा र राजनीतिमा समेत हानि नोक्सानी भएकाले प्रतिवादीबाट कानुनअनुसार साङ्केतिक रूपमा रु एक सय ५१ क्षतिपूर्ति दिलाउन माग गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ