२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

लगातार तेस्रो दिन पनि बढ्यो नेप्से ,कारोबार रकम २ अर्ब ३० करोड नाघ्यो

images

सत्कार खबर
  • २०८० जेठ २५, बिहीबार
  • 776
    SHARES
  • लगातार तेस्रो दिन पनि बढ्यो नेप्से ,कारोबार रकम २ अर्ब  ३०  करोड नाघ्यो


    काठमाडौं :  बिहिबार पनि सेयर बजार  वृद्धि भएको छ । बिहीबार ७.२७ अंकले बढेको बजार १९३९.६१ विन्दुमा पुगेको छ । बिहीबार बजार ०.३८ प्रतिशतले बढेको हो ।

    यस दिन कुल २७३ धितोपत्रको ४३ हजार १२८ कारोबारबाट ५९ लाख ६२ हजार ९३ कित्ता सेयर किनबेच भएको छ । यो किनबेचबाट २ अर्ब ३० करोड ५८ लाख ८८ हजार ९३१ रुपैयाँको कारोबार भएको छ ।

    बिहीबार बैंकिङ, होटल एण्ड टुरिजम, जलविद्युत र उत्पादन तथा प्रशोधन उपसूचकबाहेक सबै उपसूचकमा वृद्धि देखियो । दोल्ती पावर र भूगोल इनर्जीको सेयर मूल्य सकारात्मक सर्किट लेवलमा बढ्यो । मनकामना स्मार्ट लघुवित्तको मूल्य समेत बढ्यो ।रिभर फल्स पावरका लगानीकर्ताले सबैभन्दा धेरै ६.६४ प्रतिशतले गुमाए । खप्तड लघुवित्तको सेयर समेत धेरैले घटेको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ