२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नागरिकता विधेयक संसद्‍मा आएको भए स्वामित्व लिन्थ्यौं :रवि लामिछाने

images

सत्कार खबर
  • २०८० जेठ २५, बिहीबार
  • 1.2K
    SHARES
  • नागरिकता विधेयक संसद्‍मा आएको भए स्वामित्व लिन्थ्यौं :रवि लामिछाने

    काठमाडौं :- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जन्मसिद्ध नेपाली नागरिकका सन्तान र एकल आमाहरूका सन्तानको नागरिकताको अधिकार सुनिश्चित हुनुपर्ने बताउनु भएको छ ।

    प्रतिनिधिसभाको बिहीबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै यस्तो बताउनु भएको हो ।  लामिछानेले एकल आमाका सन्तानले नागरिकता लिँदा आमाले बाबुको पहिचान नखुलेको स्वघोषणा गर्ने व्यवस्थाले महिलाको आत्मसम्मानमा ठेस पुग्न सक्ने उहाँको भनाई छ । 

    लामिछानेले नागरिकता विधेयक सदनमा ल्याएर छलफल गरेको भए छलफल हुने र अहिलेको संसद्‌मा रहेका सबैले स्वामित्व लिने अवस्था बन्ने भएपनि विधेयक प्रमाणीकरणको प्रक्रियामा विमति रहेको बताउनु भयो ।

    उहाँले  नागरिकता विधेयकका बारेमा रास्वपा कुनै समुदायको विरोधमा छ भनेर जनतालाई गुमराहमा राख्न खोजिएको जिकिर गर्नु भयो ।  नागरिकता नपाउनुको पीडा थाहा रहेको भन्दै नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियामा विमति रहेको  बताउनु भयो । 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ