२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

१७ औँ वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमई बैङ्कद्वारा देशभर वृहत् रक्तदान र निःशुल्क स्वास्थ्य जाँच कार्यक्रम

images

  • २०८० पुस १७, मंगलबार
  • 1.2K
    SHARES
  • १७ औँ वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमई बैङ्कद्वारा देशभर वृहत् रक्तदान र निःशुल्क स्वास्थ्य जाँच कार्यक्रम

    काठमाडौँ : ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापी रूपमा वृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ। ग्लोबल आइएमई बैङ्क पुस १७ गते मङ्गलवारदेखि स्थापनाको १७ वर्ष पूरा गरी १८ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा बैङ्कले मङ्गलवार नै देशका सात वटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको साथ–साथै नि: शुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण आयोजना गरेको हो।


    यस कार्यक्रम अन्तर्गत कोसी प्रदेशमा सुनसरीको इटहरी शाखा, मधेस प्रदेशमा सिराहाको गोल बजार शाखा, बाग्मती प्रदेशमा काठमाडौँको कान्ति पथ शाखा तथा चितवन नारायणगढ शाखा, गण्डकी प्रदेशमा कास्कीको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशमा रुपन्देहीको बुटवल मिलन चोक शाखा तथा दाङको नेपालगन्ज शाखा, कर्णाली प्रदेशमा सुर्खेतको वीरेन्द्रनगर सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशमा कैलालीको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

    देशभर आयोजित कार्यक्रममा ९२७ रक्तदाताबाट ४३९ लिटर रगत दान गरिएको छ। यसै गरी निःशुल्क रूपमा ७८३ जनाको आँखा जाँच गरिनुका साथै १०४८ जनाको रक्तचाप तथा मधुमेहको परीक्षण एवं परामर्श पनि प्रदान गरिएको छ। बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाज योगी कार्यहरूमार्फत आम जनमानसलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्दै आएको छ।

    बैङ्कले ३५५ शाखा, ३७९ एटिएम, २७४ शाखा रहित बैङ्किङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालयसहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैङ्किङ सेवा प्रदान गर्दै आएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ