२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही हुन्छ : गृहमन्त्री

images

सत्कार खबर
  • २०८० जेठ २६, शुक्रबार
  • 826
    SHARES
  • पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही हुन्छ : गृहमन्त्री

    काठमाडौं:- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानको नाममा अराजकता मच्चाउनेलाई सरकारले छुट नदिने बताउनु भएको छ । 

    आज प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलले कोशी प्रदेशमा आफ्ना नेताहरूलाई पहिचान पक्षधर भनिनेहरूबाट आक्रमण बढेको भन्दै गृहमन्त्रीको जवाफ मागेपछि उहाँले यस्तो बताउनु भएको हो ।

    उक्त घटनामा संलग्नहरूलाई कारबाही गर्ने प्रतिबद्धताजनाउनु भएको छ । गृहमन्त्री श्रेष्ठले कोशीमा भइरहेका घटनाबारे आफूले प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग टेलिफोनमा कुराकानी गरेको जानकारी दिनु भयो ।

    इलाममा एमाले नेतामाथि र उदयपुरमा कोशीको उपसभामुख माथि पहिचानवादीहरूले आक्रमण प्रयास गरेको भन्दै एमालेले विरोध गरेको हो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ