काठमाडौँ : आज नेप्सेमा कारोबार हुने ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रार्थना यी कम्पनीको भोलि अर्थात् पुस १९ गते बुकक्लोज तय गरिएको छ। अर्थात् नेप्सेमा आज सम्म कारोबार भई कायम सेयर धनीहरूले मात्र यी कम्पनीहरूले घोषणा गरेको लाभांश प्राप्त गर्न सक्नेछन् र साधारण सभामा सहभागिता जनाउन पाउनेछन्।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम) :
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम) ले पुस २९ गते, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा बिहान ११ बजे १६ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरलाई प्रति सेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
शिवम् सिमेन्ट :
शिवम् सिमेन्टले पुस २७ गते शुक्रवार राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा आठौँ वार्षिक साधारण सभा बिहान ९ बजे बोलाएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रार्थना ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।
मुक्तिनाथ विकास बैङ्क :
मुक्तिनाथ विकास बैङ्कले पुस २८ गते, सिटी स्क्वायर, न्यूरोड, पोखरामा दिउँसो १ बजे आफ्नो १७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पुँजीको १०.२६३२ प्रतिशतका दरले लाभांश पारित गर्ने छ जस मध्ये ९.७५ प्रतिशत बोनस सेयर रहेको छ भने ०.५१३२ प्रतिशत कर प्रार्थना नगद लाभांश रहेको छ।
ग्लोबल आइएमई लघुवित्त :
ग्लोबल आइएमई लघुवित्तले पुस २९ गते, वेस्ट रिपोर्ट नेपाल प्रा.लि., लेक साइड पोखरामा बिहान ९ बजे ११ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न छ।
लक्ष्मी सनराइज बैङ्क :
लक्ष्मी सनराइज बैङ्कले पुस २६ गते बिहीबार, अग्रवाल भवन, कमलपोखरीमा दिउँसो २ बजे २३ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रार्थना ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
महालक्ष्मी विकास बैङ्क :
महालक्ष्मी विकास बैङ्कले पुस २८ गते, लैनचौर ब्याङ्क्वेट, नेपाल स्काउट कम्पाउन्ड, लैनचौर, काठमाडौँमा बिहान १० बजे २२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले सेयरधनीहरुलाई चुक्ता पुँजीको ६.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
बुटवल पावर कम्पनी लिमिटेड :
बुटवल पावर कम्पनी लिमिटेडले पुस २९ गते लाभांश पारित गर्न कम्पनीले ३१औँ वार्षिक साधारण सभा बिहान ११ बजे काठमाडौँमा बोलाएको छa। सभाले हाल कायम चुक्ता पुँजी ५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।



