२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

१७ औँ वार्षिकोत्सवका अवसरमा ग्लोबल आइएमई बैङ्कद्वारा २५३ कर्मचारीलाई सम्मानित

images

  • २०८० पुस १८, बुधबार
  • 1.2K
    SHARES
  • १७ औँ वार्षिकोत्सवका अवसरमा ग्लोबल आइएमई बैङ्कद्वारा २५३ कर्मचारीलाई सम्मानित

    बैङ्कद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैङ्कमा १५ वर्षदेखि निरन्तर बैङ्कमा सेवारत कर्मचारीहरूलाई सम्मान गर्नु भएको हो।

    काठमाडौँ : ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्नो स्थापनाको १७औँ वार्षिकोत्सवका अवसरमा बैङ्कमा १५ वर्ष सेवा पुरा गरेका २५३ कर्मचारीहरूलाई सम्मान गरेको छ। बैङ्कद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैङ्क तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैङ्कमा १५ वर्षदेखि निरन्तर बैङ्कमा सेवारत कर्मचारीहरूलाई सम्मान गर्नुभएको हो।


    अध्यक्ष ढकालले ग्लोबल आइएमई बैङ्कले मर्जर र व्यवसाय विस्तारसँगै बैङ्कको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहकको सेवा तथा सन्तुष्टिलाई प्राथमिकतामा राखेर बैङ्कको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताउनुभयो।उहाँले बैङ्क आफ्नो स्थापनाको १७ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरूमा अब्बल बनाउन सफल रहेको बताउनु भएको छ।


    नेपाल सरकार तथा नेपाल राष्ट्र बैङ्कका नीतिहरूको परिपालन गर्दै जाँदा बैङ्क अहिलेको अवस्थामा आइपुगेको बताउँदै लक्ष्य प्राप्ति भन्दा मिहिनेत र लगनशीलतामा जोड दिन आम कर्मचारीहरूलाई आग्रह गर्नुभयो। कर्मचारीको अथक मिहिनेत र लगनशीलताका कारण बैङ्क अहिलेको अवस्थासम्म आइपुगेको बताउँदै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैङ्कलाई उत्कृष्ट बैङ्क बनाउन आफ्नो तर्फबाट पुर्‍याउनु भएको विशेष योगदानप्रति सबै कर्मचारीहरूलाई धन्यवाद प्रकट गर्नुभयो।   


    यसै गरी, बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैङ्कले आफ्नो सेवालाई नवीनतम तथा ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिने गरी लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताउनुभयो।बैङ्कका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैङ्कले आगामी वर्षहरूमा ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राख्दै अझ गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। 

    ग्लोबल आइएमई बैङ्क मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो। बैङ्कले ३५५ शाखा, ३७९ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ।

    त्यसै गरी, बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिटेन्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुराउँदै आएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ