काठमाडौँ : मुक्तिनाथ विकास बैङ्क लिमिटेडले वार्षिकोत्सवको अवसरमा ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न विभिन्न योजना सार्वजनिक गरेको छ। पहिलो योजना अनुसार बैङ्कले टपअपमा टप अप धमाका सार्वजनिक गरेको छ। यस योजनामा बैङ्कको मोबाइल बैंकिङ्ग मार्फत २०० वा सो भन्दा बढीको टप अप कारोबार गर्दा दैनिक १८ जना ग्राहकले लक्की–ड्र मार्फत २०० रुपैयाँ को टप अप प्राप्त गर्नेछन्। यो योजना पुस १९ गते देखि २५ गते सम्मका लागि रहने बैङ्कले जनाएको छ।
दोस्रो योजना अनुसार बिजुली र इन्टरनेटको बिल भुक्तानी गर्ने ग्राहकलाई लक्षित गरेर अर्को योजना सार्वजनिक गरेको छ। यस योजनामा बैङ्कको मोबाइल बैंकिङ्ग मार्फत हालसम्म बिजुली र इन्टरनेटको बिल भुक्तानी नगरेका ग्राहकहरूले पहिलो पटक बिल भुक्तानी गरेमा नयाँ कारोबार गर्ने ग्राहकले भुक्तानी रकमको ५% वा अधिकतम ५० रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन्।
पहिले देखि बिल भुक्तानी गरिरहेका ग्राहकहरूले यस अवधिमा पुनः भुक्तानी गरेमा त्यस ग्राहक मध्ये बिजुलीको बिल अन्तर्गत १ जना र इन्टरनेट विल अन्तर्गत १ जना ग्राहकले लक्की–ड्र मार्फत ५ महिना सम्मको बिल भुक्तानी वा अधिकतम ५००० रुपैयाँसम्म प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ। यो योजना पुस १९ गते देखि माघ १९ गते सम्मका लागि हुने बैङ्कले जनाएको छ।
तेस्रो योजना अनुसार बैङ्कको क्युआर मर्चेन्ट भई कुनै पनि कारोबार क्युआर मार्फत प्राप्त नगरेको मर्चेन्टहरुले यस अवधिमा एक पटक वा पटक पटक गरी रु ५०० सम्मको कारोबार रकम क्युआर मार्फत प्राप्त गरेमा वा लिएमा त्यस ग्राहक मध्ये ५ जना ग्राहकले लक्की–ड्र मार्फत स्मार्ट वाच प्राप्त गर्नेछन्। यो योजना पुस १९ गते देखि माघ १९ गते सम्मका लागि हुनेछ।



