२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एनआरएनए यूकेको अध्यक्षमा हित काजी गुरुङको उम्मेदवारी घोषणा

images

सत्कार खबर
  • २०८० जेठ २८, आइतबार
  • 1.1K
    SHARES
  • एनआरएनए यूकेको अध्यक्षमा हित काजी गुरुङको उम्मेदवारी घोषणा

     काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको आगामी कार्यकालको अध्यक्ष पदका लागि समाजसेवी हित काजी गुरुङले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    शनिबार १० जुनको साँझ अल्डरसटस्थित सुशी मोटोमा कार्यक्रमको आयोजना गरी सो घोषणा गरेका हुन् । नेपाली समुदाय बेलायतमा छुट्टै पहिचान बनाउन सफल तमु धिं युकेको सफल नेतृत्व प्रदान गरिसकेका गुरुङले आफूले बोलेरभन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे । उनले “बेलायतमा दुई वटा एनआरएन छ भन्ने भ्रम छ तर मैले सधैं एउटा देख्छु” भन्दै सबैको साथ र सहयोगको अपेक्षा गरे । साथै, उनले एनआरएनए युकेको सदस्यता लिनसमेत अनुरोध गर्दै जुलाई २२ का दिन आफूलाई साथ दिन अनुरोध गरे ।

    अन्तर्राष्ट्रिय पर्वत समाजका संस्थापक अध्यक्ष समेत रहेका समाजसेवा एवं उद्यमी पुरन गिरीको संयोजकत्वमा सम्पन्न उक्त घोषणासभामा एनआरएनए आईसीसी अध्यक्ष कुल आचार्य, ग्रिनविच वरो काउन्सिलका उपमेयर जीत रानाभाट, नागरिक समाजका अगुवा शेरबहादुर सुनार, एनआरएनए युकेका पूर्वअध्यक्ष योगेन क्षेत्री, तमुधिं युकेका अध्यक्ष हरि गुरुङ, सहारा युकेका अध्यक्ष लेप्टन कुसाङ्ग गुरुङ, नेपाल आदिवासी जनजाती महासंघ बेलायतका अध्यक्ष कर्म पहाडी शेर्पाले मञ्चबाट शुभकामना दिएका थिए । विभिन्न नेपाली संघसंस्थाका अध्यक्षहरु, आफन्तजन, साथीभाइहरुको समेत विशेष उपस्थिति रहेको उक्त सभामा सहभागी वक्ताहरुले हित काजी गुरुङ एउटा स्पष्ट वक्ता, निडर, अन्यायका विरुद्ध लड्न सक्ने, बेलायतको एनआरएनलाई एक ढिक्का बनाएर लैजान सक्ने क्षमतावान र नेतृत्वदायी भूमिका खेल्ने सक्ने व्यक्ति भएको बताउँदै आ–आफ्नो क्षेत्रबाट साथ र सहयोग गर्ने विश्वास व्यक्त गरे । त्यस्तै, कार्यक्रम संयोजक पुरन गिरीले हित काजी गुरुङको बारेमा बोल्दै उपस्थितिका लागि सबैलाई धन्यवाद दिए ।

    स्थानीय रस्मुर वरो काउन्सिलका काउन्सिलरसमेत रहेका समाजसेवी जीव बेल्वासेले संचालन गरेको उक्त घोषणा सभामा समाजसेवी डा। बिशाल गुरुङले एनआरएनएको अनलाइनमार्फत सदस्यता कसरी लिन सकिन्छ भन्नेबारे पावर पोइन्ट प्रिजेन्टेशन गरेका थिए । स्मरण रहोस् एनआरएनए युकेको आगामी निर्वाचन जुलाई २२ गते सम्पन्न हुँदैछ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ