काठमाडौँ : हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट आफ्ना सेयर धनीलाई लाभांश नदिने भएको छ। पुस १९ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको हो।
कम्पनीका अनुसार साबिकको प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सको गत आवको नाफाबाट लाभांश नदिने निर्णय गरेको जनाएको छ।
कम्पनीले माघ १८ गते साधारण सभा आह्वान गरेको छ। सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ।



