२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पोखराको अन्नपूर्ण केबलकारद्वारा ३१ करोडको आइपिओ बिक्री गर्दै

images

  • २०८० पुस २०, शुक्रबार
  • 1.3K
    SHARES
  • पोखराको अन्नपूर्ण केबलकारद्वारा ३१ करोडको आइपिओ बिक्री गर्दै

    काठमाडौँ : अन्नपूर्ण केबलकारले आइपिओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले १ सय रुपैयाँ अङ्कित दरले ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता आइपिओ निष्कासन गर्न धितो पत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले पोखरा महानगरपालिका–१८ स्थित सेदीबगरदेखि सराङकोटमा सञ्चालन गर्दै आएको छ।   

    हाल केबलकारमा संस्थापक सेयर धनीहरूको लगानी १ अर्ब २४ करोड रुपैयाँ छ। सर्वसाधारणलाई सेयर बिक्री गरे पश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ५५ करोड पुग्नेछ। जसमा संस्थापकको ८० प्रतिशत तथा सर्वसाधारणको २० प्रतिशत लगानी हुनेछ। कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको गत वैशाख २९ गते सम्पन्न विशेष साधारण सभाले कम्पनीका संस्थापक सेयर धनीलाई ३४ करोड बराबरको हकप्रद बिक्री गरेपछि सर्वसाधारणलाई ३१ करोड बराबरको ३१ लाख कित्ता आइपिओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो।  

    २०७८ साल फागुनदेखि सञ्चालनमा आएको अन्नपूर्ण केबलकारले पोखरा महानगरपालिका–१८ स्थित सेदीबगरदेखि सराङकोट डाँडासम्मको २.३ किलोमिटर दूरीमा केबलकार सञ्चालन गर्दै आएको छ। केबलकारले क्याबिनसहित १८ वटा गोन्डोला मार्फत द्रुत गतिको सेवा कम्पनीले प्रदान गर्दै आएको छ। पर्यटकीय सहर पोखरामा सञ्चालनमा रहेको केबलकार आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणमा रहेको छ।

    अन्नपूर्ण केबलकार १ अर्ब ९७ करोड लगानीमा निर्माण भएको हो। केबलकार निर्माणको लागि कम्पनीले बैङ्कसँग १ अर्ब ७ करोड रुपैयाँ ऋण लिएको थियो। केबलकारमा युवा व्यवसायी कालु गुरुङ सहितका नेपाली व्यवसायी, जापानी लगानीकर्ता तथा केही स्थानीयहरू संस्थापक सेयर धनी रहेका छन्। रियल स्टेट तथा रोडसो क्षेत्रमा २६ वर्ष लामो अनुभव बटुलेका कालु गुरुङ कम्पनीका अध्यक्ष रहेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ