२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपाल र यूएईको श्रम बैठक बुधबार बस्दै

images

सत्कार खबर
  • २०८० जेठ ३०, मंगलबार
  • 1.0K
    SHARES
  • नेपाल र यूएईको श्रम बैठक बुधबार बस्दै

    काठमाडौं :नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)को उच्चस्तरीय श्रम अधिकारीहरूबीच बुधबार काठमाडौंमा संयुक्त बैठक बस्दै छ ।

    शून्य लागतमा नेपाली श्रमिक पठाउने श्रम सम्झौता भएपछि नियमित रुपमा बस्न लागेको यो तेस्रो बैठक हो ।

    यसअघिको बैठक यूएईको आबुधाबीमा भएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम सम्झौताको प्रभावकारी कार्यान्वयन, यूएई जाने कामदारको सीप विकास, न्यूनतम तलबको कार्यान्वयन लगायत एजेन्डा तय गरेको छ ।

    युएई पक्षले भने नेपालबाट घरेलु श्रमिक लैजाने बिषयलाई एजेण्डा बनाएको छ । श्रम सम्झौतापछि भएका दुई वटा बैठकमा पनि यूएईले नेपाललाई घरेलु श्रमिक खोल्न आग्रह गर्दै आएको थियो । तर, बुधबार बस्ने बैठकमा भने यूएई श्रमिक पठाउने मिति नै तोक्नुपर्ने पक्षमा छ ।

    घरेलु श्रमिकको सबै सुरक्षाको जिम्मेवारी यूएई लिने बताउँदै आएको छ । नेपालले २०७३ मा पहिलो पटक संस्थागत हिसाबमा घरेलु श्रमिक यूएई पठाएको थियो । तर, संसदीय समितिले यूएईसहित सबै देशहरूमा श्रम सम्झौता नभएसम्म घरेलु श्रमिक पठाउन रोक लगाएपछि संस्थागत श्रमस्वीकृतिको प्रक्रिया रोकिएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ