२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

घेराबन्दी र अप्ठ्यारोकाबीच सरकारले राम्रा काम गरेको छ : प्रधानमन्त्री प्रचण्ड

images

सत्कार खबर
  • २०८० जेठ ३१, बुधबार
  • 646
    SHARES
  • घेराबन्दी र अप्ठ्यारोकाबीच सरकारले राम्रा काम गरेको छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं :प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घेराबन्दी र अप्ठ्यारो परिस्थितिका बीच सरकारले राम्रा काम गरेको दाबी गर्नु भएको छ । 

    पार्टी निकट पत्रकार प्रेस सेन्टर नेपालका पदाधिकारीहरुसँग आज बिहान बालुवाटारस्थित निवासमा भएको भेटमा  यस्तो दाबी गर्नु भएको हो । 

    जनतालाई प्रत्यक्ष सेवा दिने, विदेशमा गएका नेपालीहरुलाई सम्बोधन गर्ने र देशभित्रका बेथितीलाई रोक्ने प्रयासदेखि पछिल्लो भारत भ्रमणको क्रममा भएका सहमति सम्झौतालाई ६ महिनाको बीचमा सरकारले गरेका राम्रा काम भएको उहाँले बताउनु भयो ।  उहाँले सरकारले गरेका राम्रा कामको प्रचार गर्न र राम्रा कामलाई पनि नराम्रो भन्नेहरुको प्रतिवाद गर्न निर्देशनसमेत दिनु भयो । ‘

    राम्रो काम गरेर मात्र पुग्दैन । राम्रो कामलाई यो राम्रो हो भनेर जनतालाई बुझाउने कुरा र भ्रमलाई चिर्ने कुरा धेरै महत्वपूर्ण हुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भन्नु  भयो, राम्रो गर्ने र राम्रोको विरोध गर्नेहरुको सशक्त प्रतिवाद गरेर मात्रै आन्दोलनलाई, जनतालाई र राष्ट्रलाई राम्रो गर्न सकिन्छ भन्ने नै मुख्य कुरा हो ।’ राम्रो गर्‍याछु भनेर चुप लागेर बसेर हुँदो रहेनछ भन्ने कुरा विगतका घटनाक्रमले देखाइसकेको  उहाँले बताउनु भयो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ