२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
सेयर बजार

दोहोरो अङ्कले घट्यो नेप्से, ५ अर्ब २४ करोड माथिको कारोबार?

images

  • २०८० पुस २२, आइतबार
  • 841
    SHARES
  • दोहोरो अङ्कले घट्यो नेप्से, ५ अर्ब २४ करोड माथिको कारोबार?

    शेयर बजारमा पुस मसान्तको प्रभाव

    काठमाडौँ : साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक दोहोरो अङ्कले घटेर बन्द भएको छ। गत बिहीबार पनि घटेर बन्द भएको नेप्से आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज नेप्से परिसूचक २६.३६ अङ्क घटेर २०२२.९२ विन्दुमा बन्द भएको छ। त्यसै गरी, आज सेन्सेटिभ इण्डेक्स ६.१६ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स १.७४ अङ्क तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.७२ अङ्क घटेको छ।

    नेप्से घटे पनि आज ३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ जसमा तेह्रथुम पावर कम्पनी, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयर हाउजिङ्ग कम्पनी रहेका छन्। त्यसै गरी, आज अन्य ५ कम्पनीको शेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छन् भने मानुषी लघुवित्त, नेपाल रिपब्लिक मिडिया र शुभम् पावरको शेयर मूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

    नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य घटेको छ। गत हप्ता बिहीबार साढे ५ अर्बको शेयर कारोबार भएको बजारमा आज ३०४ कम्पनीको ९८ हजार ६३२ पटकको कारोबारमा ५ अर्ब २४ करोड १४ लाख रुपैयाँ बराबरको १ करोड ५२ लाख ६८ हजार कित्ता शेयर कारोबार भएको छ। आज ८१ कम्पनीको मूल्य बढेको छ भने १५९ कम्पनीको मूल्य घटेको छ तथा बाँकी ६ कम्पनीको मूल्य स्थिर रहेको छ। 

    त्यस्तै, आज १३ उपसमूहमध्ये जलविद्युत उपसमूहबाहेक अरू सबै उपसमूहको परिसूचक घटेको छ। आज जलविद्युत उपसमूहको परिसूचक १.०३ प्रतिशत बढेको छ भने  जीवन बिमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ तथा बैंकिङ्ग, विकास बैङ्क, वित्त, होटेल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    कारोबार आधारमा आज सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड शीर्ष स्थानमा २८ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै,  हाथवे इन्भेस्टमेन्टको करिब २० करोडको शेयर कारोबार भएको छ भने माउन्टेन इनर्जी र एनआरएन इन्फ्रास्ट्रक्चरको साढे १५ करोडको शेयर कारोबार भएको छ। 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ