काठमाडौँ : हिमालयन रिइन्सुरेन्सको आइपिओ नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएसँगै सोमबार देखि कारोबार हुने भएको छ। कम्पनीले १०० रुपैयाँ अङ्कित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा मङ्सिर २७ गतेदेखि आइपिओ बिक्री खुला गरेको थियो। हिमालयन रिइन्स्योरेन्स निजी क्षेत्रको पुनर्बीमा कम्पनी हो।
कम्पनीले सर्वसाधारण नेपालीहरूका लागि दुई करोड ४९ लाख कित्ता सेयर निष्कासन गरेको हो। त्यसबाहेक वैदेशिक रोजगारमा रहेका नेपालीलाई ३० लाख कित्ता, कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि ६ लाख कित्ता र सामूहिक लगानी कोषहरूका लागि १५ लाख कित्ता सेयर पनि निष्कासन गरिएको छ। कम्पनीको दोस्रो बजारमा ओपनिङ रेन्ज १०३.०७ देखि ३०९.२१ रुपैयाँसम्म हुनेछ भने कारोबारका लागि कम्पनीले HRL नाम पाएको छ।



