२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

थुलुङ दुधकोशी गाउँपालिकामा महिला शसक्तीकरण सम्बन्धी तालिम सूरु

images

सत्कार खबर
  • २०८० जेठ ३१, बुधबार
  • 856
    SHARES
  • थुलुङ दुधकोशी गाउँपालिकामा  महिला शसक्तीकरण सम्बन्धी तालिम सूरु

      
     काठमाडौं : थुलुङ दुधकोशी गाउँपालिकामा पाँच दिने महिला शसक्तीकरणका लागि नेतृत्वदायी भूमिका सम्बन्धि तालिम सूरु भएको छ । महिला जनप्रतिनिधि र अगुवा महिलाहरुलाई लक्षित उक्त तालिम मंगलबार उद्घाटन गरिएको हो ।

    गाउँपालिका प्रवक्ता भोजराज कार्कीले उक्त तालिममा २७ जनाको सहभागीता रहेको जानकारी दिनु भयो । गाउँपालिकाको सभाहलमा जारी तालिमको सहजीकरण डा. रेणुका सोलुले गर्नुहुनेछ ।

    तालिमको उद्घाटन गर्दै गाउँपालिका उपाअध्यक्ष सविता राईले महिलाहरुलाई अवर संगै क्षमता अभिवृद्धिमा पनि थुलुङ दुधकोशी सरकारले ध्यान दिइरहेको बताउँनुभयो । 

    विकास निर्माणमा महिला नेतृत्वको भुमिका, त्यसको अवसर, चुनौति र व्यवस्थापन लगायतको विषयमा तालिममा जानकारी गराईने छ । कार्यक्रममा गाउँपालिका प्रवक्ता भोजराज कार्की, वडा नम्बर ६ का वडा अध्यक्ष महेन्द्रदिप राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत खरिधन राई लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ