काठमाडौँ : नेपाल बिमा प्राधिकरणले लगानी निर्देशनमा पहिलो संशोधन गर्दै जीवन र निर्जीवन लघु बीमकले अन्य कम्पनीहरूको शेयरमा लगानी गर्ने सीमा बढाएको छ।
अब यी दुवै किसिमका लघु बीमाकहरुले अन्य कुनै पनि कम्पनीको शेयरमा १५ प्रतिशतसम्म लगानी गर्न पाउने भएका छन् । यसअघि यस्तो सीमा ५ प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने व्यवस्था रहेको थियो। यसै गरी लगानी क्षेत्रको महलमा रहेको ‘साधारण शेयर’ भन्ने शब्दहरूको सट्टा ‘शेयर’ भन्ने शब्द राख्ने व्यवस्था पनि संशोधित निर्देशनमा रहेको छ।
प्राधिकरणले जीवन बीमकको लगानी (दोस्रो संशोधन) निर्देशन २०८०, निर्जीवन बीमकको लगानी (पहिलो संशोधन) निर्देशन २०८०, पुनर्बीमकको लगानी (पहिलो संशोधन) निर्देशन २०८०, लघु निर्जीवन बीमकको (पहिलो संशोधन) निर्देशन २०८० र लघु जीवन बीमकको लगानी (पहिलो संशोधन) निर्देशन २०८० मार्फत यस्तो व्यवस्था गरेको हो।



