२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

डा.भगवान् कोइरालाको अस्पताललाई एनएमबि बैङ्कद्वारा २५ लाख सहयोग

images

  • २०८० पुस २२, आइतबार
  • 1.5K
    SHARES
  • डा.भगवान् कोइरालाको अस्पताललाई एनएमबि बैङ्कद्वारा २५ लाख सहयोग

    काठमाडौँ : एनएमबि बैङ्कले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सामाजिक उत्तरदायित्व अन्तर्गत रु.२५ लाख सहयोग गरेको छ। एनएमबि बैङ्कको प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र अस्पतालका अध्यक्ष डा. भगवान् कोइराला बिच सहमति आदान प्रदान गरिएको  छ।

    यस सहकार्यले बैङ्क र अस्पतालको बाल स्वास्थ्य सेवा सुधार्ने संयुक्त प्रयासलाई सशक्त रूपमा दर्साउने बैङ्कले उल्लेख गरेको छ। यस योगदानले अस्पतालमा बाल मैत्री वार्ड निर्माण गर्न मद्दत गरी बाल स्वास्थ्य सुधार गर्ने प्रयासमा सहायता पुर्‍याउने बैङ्कले जनाएको छ। 

    विभिन्न किसिमका बाल रोगको उपचार गर्ने  उद्देश्यले सो इन्स्टिच्युट स्थापना भएको हो । इन्स्टिच्युटका ले कार्डियोलोजी, ओन्कोलोजी, न्यूरोलोजी, अत्याधुनिक डायग्नोस्टिक सुविधाहरू र विभिन्न अन्य विशेष विभागहरू, सबै एउटै छानामुनि चिकित्सा सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। अस्पतालको उद्देश्य चिकित्सा सेवाहरूको लागि न्यूनतम शुल्क लिने, गरिब र सीमान्तकृत बालबालिकालाई स्वास्थ्य सेवा प्रदान गर्ने छ।

    बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि गर्ने जनाएको छ।

    एनएमबि बैङ्कले समाजमा दिगो सकारात्मक परिवर्तनको पहल गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यहरू आयोजना गर्दै आइरहेको छ। एनएमबि बैङ्कले हाल देशभरि २०१ शाखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ