काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले भ्रष्टाचारीलाई जोगाउन कानुन व्यवसायी लागिपरेको आरोप लगाउनु भएको छ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उहाँले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने भ्रष्टाचारीलाई बचाउनका लागि १२० जना कालोकोटधारीहरुले टुप्पीदेखि पैतालासम्मको बल लगाएर भ्रष्टाचारी उम्काउन खोजेको आरोप लगाउनु भएको हो।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने भ्रष्टाचारीहरुलाई बचाउनका लागि १२० जना कालोकोटधारीहरुले टुप्पीदेखि पैतालासम्मको बल लगाएर भ्रष्टाचारी उम्काउने षड्यन्त्र गरिरहेका उहाँले बताउनु भयो।
यसअघि पनि ठुला–ठुलाभ्रष्टाचारीलाई सरकारले जोगाउने गरेको आरोप लगाउँदै उनले पैसाकै लागि भ्रष्टाचारीलाई उम्काउन कालोकोटधारीले दुष्साहस र षड्यन्त्र गरिरहेको उहाँको भनाई छ।



