२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मेयर बालेनकाे चेतवानी उल्लङ्घन गर्दै चलचित्र संघले ‘आदिपुरुष’ प्रदर्शन गर्ने

images

सत्कार खबर
  • २०८० असार १, शुक्रबार
  • 666
    SHARES
  • मेयर बालेनकाे चेतवानी उल्लङ्घन गर्दै चलचित्र संघले ‘आदिपुरुष’ प्रदर्शन गर्ने

    काठमाडौँ :- महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी फिल्म ‘आदिपुरुष’ मा उल्लेखित शब्दबारे आपत्ति जनाउँदै सामाजिक सञ्जालमार्फत दिएको चेतावनी उल्लङ्घन गर्दै चलचित्र संघले फिल्म चलाउने भएको छ ।

    चलचित्र संघको शुक्रबार बिहान बसेको बैठकले यसबारेमा कुनैपनि आधिकारिक पत्र प्राप्त नआएकाले फिल्म निर्वाध रुपमा हलहरुमा प्रदर्शन गर्ने बारेमा छलफल भएको चलचित्र संघका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थले बताउनु भयो । उहाँले बिहान केएल टावरस्थित फिल्महलबाहेक अन्त फिल्म रिलिज भएको थिएन ।

    तर, संघमा छलफलका साथै हलवालाहरुले पनि आधिकारिक पत्र नआएको कारण देखाउँदै मध्यान्हदेखि महानगरभित्रका सबै हलमा ‘आदिपुरुष’सहितका हिन्दी फिल्म सञ्चालनमा आइसकेको छ ।

    कायस्थले आदिपुरुषमा उल्लेखित आपत्तिजनक संवाद हटाएर सेन्सर पास गरिएको पनि बताउनु भयो । मेयर शाहले ‘आदिपुरुष’ को प्रदर्शनमा रोक लगाउने बताएपछि नेपाल चलचित्र संघले आकस्मिक बैठक बोलाएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ