२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

ललितपुर महानगरद्वारा खेलकुद क्लबलाई ३७ लाख सहयोग

images

  • २०८० पुस २३, सोमबार
  • 1.1K
    SHARES
  • ललितपुर महानगरद्वारा खेलकुद क्लबलाई ३७ लाख सहयोग

    पाटन : ललितपुर महानगरपालिकाले यहाँका खेलकुद क्लबलाई आर्थिक सहयोग गरेको छ। महानगरपालिकाले ११ क्लबलाई रु ३७ लाख सहयोग गरेको छ। महानगरले वार्षिक बजेटमा व्यवस्था भएअनुसार महानगरभित्रका ‘ए’ ‘बी’ र ‘सी’ डिभिजनमा रहेका खेलकुद क्लबलाई क्रमशः रु ४ लाख, रु ३ लाख र रु २ लाखका दरले रकम उपलब्ध गराएको हो। 

    यसै गरी विभिन्न प्रतियोगितामा विजय हासिल गरेका क्लबलाई समेत नगदसहित पुरस्कृत गरिएको महानगर प्रमुख चिरी बाबु महर्जनले जानकारी दिनुभयो। पुरस्कृत हुनेमा ‘ए’ डिभिजनमा रहेका थ्री स्टार क्लब, जावलाखेल यूथ क्लब, फ्रेन्डस् क्लब, सात दोबाटो यूथ क्लब र चर्च व्वाइज युनाइटेड क्लब रहेका छन्।  

    यस्तै ‘बी’ डिभिजनमा रहेका च्यासल यूथ क्लब, ब्रिगेड व्वाइज र  खुमल्टार यूथ क्लब तथा ‘सी’ डिभिजनमा रहेका सानेपा यूथ क्लब, खाली बारी यूथ क्लब, पुलचोक स्पोर्टस् क्लब र झम्सिखेल यूथ क्लबलाई पुरस्कृत गरिएको छ। सबै क्लबलाई प्रमुख महर्जनले रकमको चेक हस्तान्तरण गर्नुभयो। “आगामी दिनमा खेलकुद क्लबलाई प्रदान गरिने रकममा वृद्धि गर्छौँ”, प्रमुख महर्जनले भन्नुभयो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ