२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

१७ जनाको समूह बनाएर दस्तावेजलाई टुंगाउने रास्वपाको निर्णय

images

  • २०८० असार ४, सोमबार
  • 601
    SHARES
  • १७ जनाको समूह बनाएर दस्तावेजलाई टुंगाउने रास्वपाको निर्णय

    काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टीले दस्तावेज माथि समूहगत छलफल गरेर अन्तिम रूप दिने भएको छ । सोमबार बिहान बसेको केन्द्रीय तथा संसदीय समितिको संयुक्त बैठकले दस्तावेजका लागि ७ वटा समूहबाट प्रतिनिधि हुने र इच्छुकहरू मध्येबाट कुल १७ जनाको प्रतिनिधिमण्डल बनाउने निर्णय गरेको छ ।

    बैठकले पहिलो ड्राफ्टमा परेका संसोधनका प्रस्तावलाई आवश्यक छलफल गरि दोस्रो ड्राफ्ट तयार गर्ने निर्णय गरेको महामन्त्री तथा पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिनु भयो ।  दस्तावेज तयार गर्न पुनः नीति विचार कार्यशाला गरि भदौको दोस्रो सातासम्म अन्तिम रुप दिने महामन्त्री ढकालले बताउनु भयो ।

      दस्तावेजको अन्तिम ड्राफ्ट सभापतिलाई बुझाउने निर्णय गरिएको छ । दस्तावेज माथि अन्तिम रुप दिने अधिकार सभापति रवि लामिछानेलाई दिइएको छ ।

    महामन्त्री ढकालले नीति कार्यशालामा प्रस्तुत गरेको दस्तावेज माथि पार्टी नेताहरुले आलोचना गरेपछि थप छलफल गर्ने गरि नीति कार्यशाला अघिल्लो साता रोकिएको थियो । बैठकमा पार्टी स्थापना भएको ७ असारमा स्थापना दिवस मनाउने तयारीका विषयमा पनि छलफल भएको थियो ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ