२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

साङ्ग्रिला डेभलपमेन्ट बैङ्कका ग्राहकले गण्डकी मेडिकल कलेजमा १५ प्रतिशतसम्म छुट पाउने

images

  • २०८० पुस २३, सोमबार
  • 1.2K
    SHARES
  • साङ्ग्रिला डेभलपमेन्ट बैङ्कका ग्राहकले गण्डकी मेडिकल कलेजमा १५ प्रतिशतसम्म छुट पाउने

    काठमाडौँ : गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरमा साङ्ग्रिला डेभलपमेन्ट बैङ्कका ग्राहकहरुले १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। बैङ्कले आफ्ना ग्राहक, कर्मचारी तथा सेयर धनीलाई विभिन्न किसिमका स्वास्थ्य सेवामा छुट उपलब्ध गराउन उक्त हस्पिटलबिच सम्झौता गरेको हो। 

    सम्झौतामा गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. रवीन्द्र प्रसाद श्रेष्ठ र बैङ्कको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठले हस्ताक्षर गरेका हुन्। यस सम्झौताले बैङ्कमा कार्यरत कर्मचारीहरू तथा ग्राहकलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा फाइदा पुग्ने विश्वास बैङ्कले लिएको छ।


    त्यस्तै, सम्झौता अनुसार गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरले बैङ्कका ग्राहक, बैङ्कका कर्मचारी तथा सेयर धनीलाई विभिन्न किसिमका स्वास्थ्य सेवाहरू छुटका साथ सहज तरिकाबाट प्रदान गर्नेछ। स्वास्थ्य चेक जाँचमा कर्मचारी तथा सेयर धनीलाई १५ प्रतिशत र बैङ्कका ग्राहकलाई १० प्रतिशत छुटका साथ उपलब्ध गराइने ब्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ