२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मन्त्री सिंहको पार्थिव शरीर धनगढीमा, मुख्यमन्त्रीसहितका नेताहरूद्वारा श्रद्धाञ्जली

images

  • २०८० असार ६, बुधबार
  • 1.1K
    SHARES
  • मन्त्री सिंहको पार्थिव शरीर धनगढीमा, मुख्यमन्त्रीसहितका नेताहरूद्वारा श्रद्धाञ्जली

    काठमाडौं: जिप दुर्घटनामा निधन भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री पृथ्वीबहादुर सिंहलाई विभिन्न राजनीतिक दलका नेताहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

    बुधबार  धनगढीस्थित क्षेत्रीय रंगशालामा आयोजित श्रद्धाञ्जली सभामा मुख्यमन्त्री कमलबहादुर शाहसहितका नेताहरूले श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।

    सिंहको पार्थिव शरीरमा मुख्यममन्त्री, प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारी, प्रदेश सरकारका मन्त्री, विभिन्न राजनीतिक दलका प्रदेशसभा सदस्यहरू, राजनीतिक दलका प्रदेश तथा जिल्ला स्तरका नेता, धनगढीका मेयर गोपाल हमाल लगायतले पुष्पगुच्चासहित श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    आन्तरिक मामिला तथा कानून मन्त्रालयकाअनुसार मन्त्री सिंहको शव श्रद्धाञ्जलीका लागि केही समय कर्भड हलमै राखिनेछ भने त्यसपछि अन्त्येष्टिका लागि हेलिकप्टरमार्फत बझाङ लगिनेछ । मन्त्री सिंहको गृह जिल्ला बझाङ जाने क्रममा सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेर निधन भएको थियो ।

    बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै भएको दुर्घटना परेर मन्त्री सिंहसहित उनकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको पनि मृत्यु भएको थियो ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ