२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मेयर बालेन गरे उड्डयन प्राधिकरणविरुद्ध उच्च अदालतमा रिट दायर

images

  • २०८० असार ७, बिहीबार
  • 6.6K
    SHARES
  • मेयर बालेन गरे उड्डयन प्राधिकरणविरुद्ध उच्च अदालतमा रिट दायर

    काठमाडौं: काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाल नागरिक उड्डयन प्राधिकरणविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गर्नु भएको छ ।

    आफूलाई कारबाही गर्नेगरि स्पष्टीकरण सोध्ने प्राधिकरणको निर्णय कानुनसम्मत नभएको भन्दै उच्च अदालतमा बुधबार रिट दर्ता गर्नु भएको हो । 

    नेपाल नागरिक उड्डयन प्राधिकरणबाट  २०८० जेठ ३२ को निर्णय भन्दै असार १ गते पनि स्पष्टीकरण सोधेकोले उक्त निर्णय कार्यान्वयनमा रोक लगाउन आदेशको माग गरिएको छ।

    प्राधिकरणसमक्ष ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनिएको प्राधिकरणको निर्णय कानुन विपरीत भइ बदरभागी रहेको, त्यसलाई बदर गराउने सम्बन्धमा अन्य वैकल्पिक कानुनी उपचारको व्यवस्था नभएकोले रिट लिएर आएको बालेनले दाबी गर्नु भएको छ । मेयर शाह, महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र टंकबहादुर थापाले संयुक्त निवेदन दिएका छन्  ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ