२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रधानमन्त्रीले नागरिकता विधेयक फिर्ता लिनुपर्छ :प्रेम सुवाल

images

  • २०८० असार ८, शुक्रबार
  • 1.5K
    SHARES
  • प्रधानमन्त्रीले नागरिकता विधेयक फिर्ता लिनुपर्छ :प्रेम सुवाल

    काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणिकरण लगाउने मन्त्रिपरिषद्को सिफारिस तत्काल फिर्ता लिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गर्नुभएको छ ।

    शुक्रबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले यस्तो आग्रह गर्नु भएको हो ।  तत्कालिन राष्ट्रपति विद्या भण्डारीले प्रमाणिकरण नगरेको सो विधेयक संवैधानिक र कानूनी हिसाबले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमाणिकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्न नमिल्ने भएकाले त्यसलाई तत्काल फिर्ता लिनुपर्ने उहाँको तर्क थियो ।
     

    सांसद सुवालले विदेशीलाई नेपाली नागरिकता दिने बाटोमा सरकार अग्रसर भएको जिकीर गर्दै पछि हटन आग्रह गर्नुभयो । उहाँले गैर आवासीय नेपालीलाई गैर आवासीय नेपाली नागरिकता दिने व्यवस्था पनि उपयुक्त नभएको बताउनुभयो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ