सिमरा : नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्क लिमिटेडले बुधवार देखी बारा जिल्ला सिमरा उपमहानगरपालिका वडा नम्बर २, सिमरा रोड स्थित नयाँ शाखा सञ्चालनमा ल्याएको छ। यो सँगै मधेस प्रदेशमा बैङ्कको २१ वटा शाखाहरू भएका छन्।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले सिमरा शाखाको उद्घाटन गरेका हुन्। उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले आर्थिक कारोबार अब बैङ्कमार्फत नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरूलाई सहज हुने बताए।
उनले बैङ्किङ सेवाको पहुँच बाहिर रहेको सिमरा तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योग व्यवसायीहरूलाई बैङ्किङ सुविधा सहज रूपमा उपलब्ध हुने बताए। बैङ्कका सिमरा शाखा प्रमुखले सेवाग्राहीहरूलाई यस शाखा मार्फत बैङ्कले प्रभावकारी सेवा दिइने बताए। हाल बैङ्कले २६२ शाखा कार्यालय र ६३ वटा एक्सटेन्सन काउन्टर मार्फत सुविधा दिँदै आएको छ।



