गोदावरी : गोदावरी नगरपालिका–१४ हाडे गाउँ चोक बाडेगाउँस्थित सडकमा बा.२१ च ७३५० नम्बरको बोलेरोले बागमती प्रदेश ०२–०४१ प ९४२२ नम्बरको स्कुटरलाई मङ्गलवार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार सोही नगरपालिका गोदावरी बस्ने २० वर्षीय गायत्री श्रेष्ठको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीले बोलेरो चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।



