काठमाडौ: जिल्ला प्रशासन कार्यालय काठमाडौंमा नागरिकता लिनेको भिड ह्वात्तै बढेको छ। सरकारले जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता वितरण गर्ने बाटो खोलेसँगै नागरिकता लिन आउनेहरूको संख्या ह्वात्तै बढेको हो।
सोमबार दिउँसो प्रशासन कार्यालय अगाडि यस्तै भिडभाड देखिएको छ। यहाँ नागरिकता लिन आउनेहरूको भिडले लाइन बस्नुपर्ने अवस्था छ। एकातर्फ अत्यधिक गर्मी र अर्कातिर लाइन बस्नुपर्दा सेवाग्राहीहरूलाई सकस छ।



