काठमाडौँ : साल्ट ट्रेडिङले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ। कम्पनीको पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
कम्पनीले हालको चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो। कम्पनीले साधारण सभा र बोनस प्रयोजनका लागि बुक क्लोज मिति भने तय गरेको छैन।



