काठमाडौं :रोमानियामा भएको कार्यक्रममा गीत गाइरहेका बेला सपुतमाथि एक युवकले बियरको बोतल प्रहार गरेका युवकले माफी मागेका छन् ।
गायक प्रकाश सतुपमाथि उनले बियरको बोतलले अनुहारमा प्रहार गरेका थिए । घटनापछि आयोजकले प्रहरीमा उजुरी समेत गरेको थियो । तर गायक प्रकाश सपुत आफैंले बोतल प्रहार गर्ने युवकलाई बोलाएर माफी दिने बताएका थिए ।
बोटल प्रहार गर्ने युवकले पनि गायक प्रकाश सपुतलाई भेटेर माफी मागेका छन् । प्रहरीमा बस्नु नपरोस्, नेपाल फर्किनु नपरोस्,’ आक्रमण गर्ने युवकलाई मदिरा सेवन गरेर यस्ता काम नगर्न आग्रह गर्दै उहाँले भन्नु भयो ।
आयोजकलाई पनि युवकलाई नेपालमा फर्काउने लगायतका कुनै पनि काम नगर्न आग्रह गर्नु भयो ।आयोजकले पनि उजुरी फिर्ता लिने बताएको छ ।



