२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिनेको घुइचो

images

  • २०८० असार १२, मंगलबार
  • 991
    SHARES
  • जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिनेको घुइचो

     काठमाडौं : पछिल्ला दिनहरूमा नागरिकता लिनेहरूको भिड लाग्ने गरेको छ । यति बेला जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिनेहरुको घुइचो लागेको हो ।

    नागरिकता लिनको लागि बिहान साढे ३ बजेदेखि नै लाईनमा बसेको उनीहरु बताउछन् । जन्मसिद्ध नागरिकता पाएकाहरूका सन्तान मोरङमा अनुमानित ७० हजार जना छन् । जिल्ला प्रशासन कार्यालयको गेटबाट झन्डै २५० मिटर लामो लाइनमा उनीहरू बसेको देख्न सकिन्छ ।  

    जिल्ला प्रशासन कार्यालय मोरङले भने  जन्मसिद्धका सन्तानका लागि नागरिकता वितरण गर्न छुट्टै कोठाको व्यवस्था गरेको छ । जिप्रका मोरङले हिजो मात्रै १२८ जना जन्मसिद्धका छोराछोरीलाई नागरिकता दिएको थियो। आज सो सङ्ख्या बढ्न सक्ने कार्यालयले जनाएको छ ।

    वितरण गर्न नसकेका र लाइनमा बसेकाहरूलाई टोकन वितरण गरेर नागरिकता वितरण गरिने कार्यालयले जनाएको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ