२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
जल तथा मौसम

आजको मौसम : दुई प्रदेशमा आंशिक बदली, बाँकी भू-भागमा मौसम सफा

images

  • २०८० पुस २७, शुक्रबार
  • 1.2K
    SHARES
  • आजको मौसम : दुई प्रदेशमा आंशिक बदली, बाँकी भू-भागमा मौसम सफा

    काठमाडौँ : हाल नेपालमा पश्चिमी बायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभए पनि दिउँसो देखि पश्चिमी बायुको आंशिक प्रभाव पर्ने सम्भावना रहेको छ। अहिले बिहान कोसी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईमा हुस्स र कुहिरो लागेको छ।

    यस्तै, आज दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ। राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहने छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ। 

    महाशाखाले देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ। तराईका केही स्थानमा बिहानीपख लाग्ने हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा सामान्य असर पर्न सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ