काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा बैठक अवरूद्ध गरेका छन् । सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग गर्दै एमाले र रास्वपाले सदन अवरूद्ध गरेका हुन् ।
सरकारले बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालयमा गाभेसँगै दुवै दलले सदन अवरूद्ध गरेको बताइएको छ ।
उनीहरूले तत्काल सरकारले उक्त निर्णय सच्याउनुपर्ने माग राखेका छन् । रास्वपाका सांसदहरूले उठेर विरोध गरे पनि एमालेले भने उठेर विरोध जनाएको छैन। एमाले सांसद सूर्य थापाले निर्वाचन आयोगलाई गाभ्ने निर्णय नसच्याएसम्म सदन चल्न नदिने बताए।



