२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रधानमन्त्री निवास निल्न खोज्नेहरू पक्राउ पर्न थालिसके : प्रधानमन्त्री प्रचण्ड

images

  • २०८० असार १३, बुधबार
  • 1.6K
    SHARES
  • प्रधानमन्त्री निवास निल्न खोज्नेहरू पक्राउ पर्न थालिसके : प्रधानमन्त्री प्रचण्ड

      काठमाडौं :प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले इतिहासकै ठूलो कारबाही गरेको  दाबी गर्नु भएको छ  ।

    प्रधानमन्त्री कार्यालयको बजेटमाथि सांसदहरूले उठाएको प्रश्नहरुको बुधबार संसदमा जवाफ दिने क्रममा यस्तो दाबी गर्नु भएको हो । प्रधानमन्त्री प्रचण्डले व्यवस्थाप्रति जनतामा जगाएको भरोसा नै सरकारको सबभन्दा ठूलो उपलब्धि भएको बताउदै आफू प्रधानमन्त्री हुँदा जनतामा राज्य र सरकारप्रति जुन निराशा, असन्तोष र आवेग थियो, त्यसमा अहिले सुधार भएको बताउनु भयो ।

    हाइ प्रोफाइल व्यक्तिहरु कानुनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान बनेका बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले इतिहासकै ठूलो कारबाही गरेको प्रचण्डको दाबी छ ।  प्रचण्डले यस्ता विकृति विरूद्धको लडाइँ यतिमै नरोकिने  बताउनु भयो । यसले कानुनको मात्र होइन, लोकतन्त्रको सर्वोच्चता पनि स्थापित भएको उहाँले बताउनु भयो ।

     ‘उच्च पदस्थहरु र देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने मान्यता गलत प्रमाणित हुँदै गएको छ’ प्रधानमन्त्री प्रचण्डले भन्नु भयो यो काण्डको सफल अनुसन्धानसँगै अब लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण सुरू भएको छ ।

    यो शुद्धीकरण यत्तिमा नरोकिने र निरन्तर अगाडि बढ्ने भन्दै उहाँले हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवासका अभियुक्तहरु पक्राउ पर्न थालेको बताउनु भयो । मिटर ब्याजी र सहकारीका ठगहरुमाथि करबाही सुरू भइसकेको छ । वर्षौंदेखि थुप्रिएको विकृतिको डंगुर सफा गर्ने यो लडाइँमा आफूलाई संसद र आम जनताको समर्थन चाहिने उहाँले बताउनु भयो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ